धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले होटल तथा रेष्टुरेष्टहरु निषेधाज्ञाको बेला बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाउने निर्णय सच्याउदै नयाँ नियम लागु गरेको छ ।

आज बसेको डिसिसिएमसि बैठकले यसअघिको निर्णयको अपव्यख्या गरिएको भन्दै अबदेखि राजमार्ग छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेष्टुरेष्ट मात्र बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला गर्न पाउने जनाएको छ । अन्य होटल तथा रेष्टुरेष्टहरु प्याकिङ सेवा मात्र दिने गरि बन्द गरिने पनि प्रशासनले जनाएको छ ।

अन्यत्र जिल्लाबाट कुनै काम बिशेषले सुनसरी जिल्ला आउने र यो जिल्ला हुँदै अन्यत्र जाने यात्रुहरुको सुविधाको लागि मात्र यो निर्णय विगतमा गरिएको प्रशासनले प्रष्ट पारेको छ । तर, यसको अपव्यख्या गरि जथाभावी पसलहरु खुला गरिएपछि डिसिसिएमसिको ध्यानाकर्षण भएको निर्णयमा उल्लेख छ । 

यस्तै, जिल्ला अस्पताल सुनसरी(इनरुवा अस्पताल)मा अक्सिजन सुविधासहित २० बेड क्षमताको कोभिड अस्पताल पनि सञ्चालन गर्ने बैठकले निणय गरेको छ । जसमा एक वटा भेन्टिलेटर पनि हुनेछ ।

Dccmc