धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै धरानमा पनि संक्रमणको दर बढ्दै गएको छ । 

सोमबार साँझ धरानमा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको पिसिआर परीक्षणमा ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ती मध्ये २ जनाको फ्लोअप परीक्षण गर्दा पुनः रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा कुल संक्रमितहरुको संख्या २८० पुगेको छ ।\