धरान: कोरोना संक्रमणबाट धरान ८ की एक वृद्धाको मृत्यु भएको छ । 

धरान ८ की ७८ बर्षीया वृद्धाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतक वृद्धालाई हिजो नोबेल लगिएको थियो । आज बिहान करिब ४ बजे मृत्यु भएको वडा नं ८ की सदस्य सावित्री परियारले जानकारी दिइन् ।

मृतकलाई करिब ४ दिनअघि संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई वडा कार्यालयबाट अक्सिजनको व्यवस्था गरेर होम आइसोलेसनमा नै राखिएको थियो । थप गाह्रो भएपछि नोबेल लगिएको परियारले जानकारी दिइन् । मृतकको शव नियम अनुसार चतरा लगेर दाह सँस्कार गरिने पनि उनले बताइन् ।