धरान: सुनसरी जिल्लाभर बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । 

आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा कोरोना संक्रमणको दर तीब्ररुपमा वृद्धि हुदै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि बैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाको अवधि बैशाख २४ गतेसम्मको लागि तोकिएको थियो । 

बैठकले अत्यावश्यकबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु बैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । महेन्द्र राजमार्ग हुदै सुनसरी जिल्ला भएर अन्य गन्तव्यमा गएका सवारीसाधनहरु भने जिल्ला भर रोक लगाउन नपाउने निर्णय बैठकले गरेको छ । यस्तै, अत्यावश्यक सेवाका सवारीहरु पनि निर्वाध चल्न पाउनेछन् । 

बैठकले औषधी, खाद्यवस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नदिने पनि निर्णय गरेको छ । खाद्य वस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायीहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने र अन्य सम्पुर्ण पसल, व्यवसायीहरु पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । nised1

nised2