धरान: धरानको वडा नं ३ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ५३ बर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको आज दिउँसो १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । 

मृतक दीर्घरोगी पनि थिइन् । उनलाई बैशाख २१ गते कोभिड पुष्टि भएको थियो भने आजै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।