धरान: धरानमा बिहिबार साँझ ४५ जना कोराना संक्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएका हो भने १८ जना एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोभिड १९ को दोस्रो लहर शुरु भएपछि बैशाख महिनामा मात्रै कुल संक्रमित संख्या ४५१ पुगेको पनि मेहताले जानकारी दिए । बिहिबार दिउँसो नै धरान वडा नं ३ की एक कोरोना संक्रमित महिलाको पनि निधन भएको थियो ।