विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९३ जना कोरोना संक्रमित थपिएका छन् । 

दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा प्रदेशभरिमा ११० जना संक्रमणमुक्त भएका छन् । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२ जना संक्रमित थपिएका छन् भने ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११–११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै,  सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९–९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४ जना रहेका छन् । 

झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३–३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बा¥हदशीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५–१५, मादी र मकालुमा १–१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका २–२ जना छन् ।

यस्तै, धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरमा १, ते¥हथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १–१ र  प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४७० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।