धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
इटहरी २० का ७८ बर्षीय वृद्ध पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार वृद्धको आज बिहान ९ बजार ५० मिनेटमा मृत्यु भएको थियो । उच्चरक्तचाप विरामी उनलाई हिजो बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो भने हिजो नै प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शवलाई नियम अनुसार व्यवस्थान भइरहेको प्रतिष्ठानले जनाएको छ ।