धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र लाहानको गरि थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान १ सुनसरीका ४५ बर्षीय कोरोना संक्रमित पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ११ बजेर ४५ मिनेटमा प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो भने ३० गते हिजो प्रतिष्ठानमा भर्ना गरिएको थियो । 

यसैगरि, प्रतिष्ठानमा अर्का सिराहाका एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा लाहान १० सिराहाका ७० बर्षीय वृद्ध पुरुष रहेको प्रतिष्ठानले जानकारी दिएको छ । सहप्रवक्ता डा.पोखरेलका अनुसार आज दिउँसो १२ बजेर ४६ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । मृतक उच्च रक्तचापका विरामी थिए । उनलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । यसअघि आजै बिहान इटहरी २० का ७८ बर्षीय वृद्ध पुरुषको पनि प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको हो ।