धरान: आज राती १२ बजेदेखि सुनसरी जिल्लामा जेठ १५ गतेसम्म पुर्ण लकडाउन गरिएको छ । 

सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म लकडाउन बढाएको हो । यो अवधिमा घरभित्रै बसेर कोरोना संक्रमणको वृद्धिदरलाई शुन्यमा झार्न सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । लकडाउन उल्लंघन गरेर हिड्ने र पसल खोल्नेलाई कारबाही गर्ने पनि प्रहरीले चेतावनी दिएको छ । 

प्रशासनले आज बिहान १० बजेसम्मको लागि मात्र खाद्यान्न, तरकारी, फलफुल तथा दुधजन्य पसलहरु खोल्न अनुमति दिएको थियो । भोलीदेखि ती पसलहरु पनि पुर्णरुपमा बन्द हुनेछ । भोलीदेखि पुर्णरुपमा ठप्प हुने भएकोले आज बिहान किनमेल गर्नेहरुको चहलपहल देखिएको थियो । भोलीदेखि भने औषधी खरिद गर्न र अस्पतालमा उपचार गर्न जानेहरुलाई मात्र हिडडुल गर्न दिइने ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 

डिएसपी बस्नेतले लकडाउनको पालना सबैले गरिदिन आग्रह गरेका छन् । 'लकडाउनलाई सबैले पालना गरेर सहयोग गर्न आग्रह गछौं, प्रहरी प्रशासनले भन्दा मत्र पालना गर्ने होइन,'डिएसपी बस्नेतले भने,'जनताकै लागि लकडाउन गरेको हो । दिन दिनै मानिसहरु मरिरहेका छन्, त्यसैले प्रहरी प्रशासनको दबाबले होइन, महामारीलाई परास्त गर्न सबै जिम्मेवार हुनुपर्छ । 'lock-noticelock-notice1