धरान: धरानको वडा नं १२ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुुसार ५६ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा दिउँसो सवा ४ बजे मृत्यु भएको मेहताले जानकारी दिए ।

मृतक उच्च रक्तचापका विरामी पनि थिए । उनलाई बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो भने २२ गते वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शवको अन्त्येष्टी गर्ने तयारी गरिएको छ । यसको लागि नेपाली सेनाको टोली धरान आइरहेको छ । मृतकका परिवारका अन्य सदस्यहरु पनि विरामी रहेको बताइएको छ ।