धरान: तीन दिनको अन्तरामा धरानमा कोरोना संक्रमणबाट श्रीमान् श्रीमतिको मृत्यु भएको छ । 

धरान वडा नं १ मा तीन दिनअघि कोरोना संक्रमित ४५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनको ३७ बर्षीय श्रीमतिको पनि आज साँझ करिब साढे ५ बजेतिर मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतकको शवलाई नेपाली सेनाको टोलीले जंगलमा अन्त्येष्टी गर्न राती नै लगिसकेको छ । 

मेहताका अनुसार मृतकका श्रीमान् धरान १ स्थित सत्य साई केन्द्रमा चौकीदार थिए । उनीहरु त्यही बस्ने गर्थे । श्रीमानको बैशाख ३१ गते विराटनगरस्थित एक अस्पतालमा नै मृत्यु भएको थियो । हिजो राती मृतक चिच्याउने, कराउने गरेपछि अस्पतालमा बेडको व्यवस्थापन गरेर राती १ बजे एम्बुलेन्स पठाए पनि अस्पताल जान नमानेको मेहताले जानकारी दिए । ‘हामीले हिजो राती नै अस्पताल लैजान एम्बुलेन्स पठायौ, तर जादिन भनेपछि लैजान सकिएन, आज साँझ दुःखद निधन भयो,’मेहताले भने ।