धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

प्रतिष्ठानका अनुसार सुरुङ्गा १, सप्तरीकी ७० बर्षीया महिलाको बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनलाई उच्चरक्तचाप र मधुमेहको दीर्घ रोग रहेको थियो ।

मृतकलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो भने जेठ १ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानको भनाई छ । यसअघि आजै बिहान साढे ६ बजे त्रियुगा ३ काी ५० बर्षीया महिलाको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।