धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३, उदयपुरका ५० बर्षीय महिला छिन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । उनको आज बिहान साढे ६ बजे कोभिड अस्पतालमा मृत्यु भएको पोखरेलले जानकारी दिए ।
मृतकलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो भने २८ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ ।