धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलान बिहुल ६ सप्तरीका ४७ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको कोभिड अस्पतालमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको थियो ।
मृतक मृगौलाको पनि विरामी थिए । उनलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो भने जेठ १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थान गरिएको प्रतिष्ठानले जनाएको छ ।