धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक किसोरीको मृत्यु भएको छ । 

धनुषाको जनकपुर १४ की १७ बर्षीया किसोरीको आकस्मिक कक्षमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दिउँसो ४ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको थियो । 

मृतकलाई जेठ १ गते शनिबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनलाई हिजो आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गर्ने कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ ।