धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बराहक्षेत्र २ सुनसरीकी ५३ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार बिहान ११ बजेर २० मिनेटमा उनको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने हिजो मात्र प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।