धरान: वीपी कोइराला स्वास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोजपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर १ का ५८ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उच्च रक्तचापका विरामी पनि रहेका उनको हिजा दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । उनलाई हिजो शुक्रबार नै प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो । हिजो नै संक्रमण पुष्टि भएका ती पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा नै मृत्यु भएको सहप्रवक्ता डा.पोखरेलले बताए ।
यसैगरि, धरान १५ गणतन्त्र चोकका ६३ बर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार राती १२ बजे मृत्यु भएको थियो । उनको पिसिआर रिपोर्ट जेठ १२ गते पोजेटिभ आएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको छ ।