धरान: सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका छन् । यो ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत हुने पनि उनले जानकारी दिए । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ । 

यसैगरि, सरकारले जेष्ठ नागरिकको मासिक भत्ता चार हजार रुपैयाँ बनाएको छ । अर्थमन्त्री पौडेलले जेष्ठ नागरिक भत्तामा एक हजार बढाएको जानकारी दिएका हुन् । हालसम्म जेष्ठ नागरिक भत्ता ३ हजार रुपैया रहेको थियो । 

सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको छ । यसको लागि १ खर्ब छुट्याएको अर्थमन्त्री पौडेलले जानकारी दिए । यसैगरि, जेष्ठ नागरिकका लागि निः शुल्क औषधी उपचारको व्यवस्था पनि गरिने भएको छ ।