धरान: धरानका बैंक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने भएको छ । 

धरान उपमहानगरपालिकाले बैंक तथा बित्तिय संस्थाहरु हप्तामा कम्तीमा ३ दिन ग्राहकहरुलाई प्रत्यक्ष सेवा सुचारु गर्ने गरि आज निर्णय गरेको थियो । उक्त निर्णयमा कुन कुन बार बैंकहरु खोल्ने भन्ने थिएन । उपमहानगरपालिकाको यो निर्णय पछि बैंकरहरुसँगको समन्वयमा ग्राहकहरुलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने तीन दिन बारे निर्णय भएको छ । 

धरानका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बैंकहरुसँग समन्वय गरेर आइतबार, मंगलबार र बिहिबार मात्र ३ दिन खोल्ने निर्णय गरिएको जानकारी दिए । 'बैंकहरुसँग पछि समन्वय गर्दा आइतबार, मंगलबार र बिहिबार मात्र बिहान १० बजेदुखि दिउँसो २ बजेसम्म ग्राहकहरुलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने निर्णय भएको छ,'खतिवडाले भने,'जिल्ला प्रशासनले जेठ २२ गतेसम्म निषेधाज्ञा थपेकोले त्यही दिनसम्मकै लागि हो ।'