धरान: धरानका बैंक तथा बित्तिय संस्थाहरु हप्ताको ३ दिन खुल्ने भएको छ । 

सरकारले तोकेको स्वास्थ्य सम्बन्धी सम्पुर्ण प्रोटोकलहरु पुरा गर्दै हप्ताको कम्तीमा ३ दिन दिनको २ बजेसम्म सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने व्यवस्था गर्न उपमहानगरपालिकाले आज निर्णय गरेको हो । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा पनि स्थानीय तहसँगको समन्वयमा खोल्नसक्ने उल्लेख भएकोले सोही अनुसार निर्णय भएको हो ।

जिल्ला प्रशासनले सुनसरीले जेठ २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । यसअघि धरानका बैंक तथा बित्तिय संस्थाहरुमा आजसम्मको लागि प्रत्यक्ष सेवा प्रवाह बन्द गरिएको थियो । अब हप्ताको कम्तीमा ३ दिन दिउँसो २ बजेसम्म सेवा प्रवाह गर्नेछन् । ‘कुन कुन दिन प्रत्यक्ष सेवा गर्ने भन्ने निर्णय बैंकहरु आफैले नै निर्णय गर्छन्,’खतिवडाले भने ।

dhrn-bank