विराटनगर: प्रदेश १ मा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । पछिल्लो चौबिस घण्टामा १ हजार ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैभनदा बढी मोरङबाट ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ । यस्तै, प्रदेश १ मा ७१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३,  बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१ जना संक्रमित थपिएका छन् । 

यस्तै, झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८, मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बा¥हदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा ३–३, गौरादहमा १ र स्थानीय तह नखुलेका ४ जना छन् । 

सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२ जनामा संक्रमण पुष्टि भएको छ । इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीय तह नखुलेका ६ जना छन् । 

उता, सोलुखुम्वुको नेचासल्यानमा ७, माप्य दुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीय तह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१ जना छन् भने पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ ।