धरान: कोभिड महामारीको कारण जारी निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारहरुलाई धरानको वडा नं १० मा घर घरमा नै पुगेर राहत विरण गरिएको छ । 

नेकपा एमाले १० नम्बर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल १० नम्बर वडा कमिटीले वडाका विपन्न परिवारलाई शनिबार घर घरमा पुगेर राहत वितरण गरेको हो । एमाले वडा कमिटी अध्यक्ष विवक राई र युवा संघका अध्यक्ष युवराज गुरुङको नेतृत्वमा विपन्न ५० परिवारलाई राहत वितरण गरेको एमालेले जनाएको छ । वडा कमिटी अध्यक्ष विवेक राईका अनुसार प्रशासनले लकडाउन बढाएपछि खाद्यान्नको समस्या भएका परिवारको पहिचान गरेर दोस्रो चरणको राहत विरण गरिएको हो । ‘हामीले पहिलो चरणमा ३५ विपन्न परिवारलाई राहत वितरण गरेका थियौं, आज दोस्रो चरणको राहत ५० परिवारलाई वितरण गरेका छौं,’अध्यक्ष राईले भने,‘वडाबासीहरु भोकै बस्न नपरोस् भनेर खाद्यान्न अभाव भएको थाह पाएपछि राहत विरण गरिएको हो ।’ 

wada-10,,,,, 1

कोभिडको कारण एक ठाउँमा बोलाएर विरतण गर्दा भिडभाड हुने भएकोले पार्टी कमिटी र युवा संघका नेतृत्वले विपन्न परिवारको घरमा नै पुगेर वितरण गरिएको थियो । पार्टी र युवा संघका नेताहरु मास्क, पञ्जा र सेनिटाइजर प्रयोग गरेर सुरक्षितरुपमा गएको नेताहरुले बताएका छन् । राहतमा २५ किलो दरको १ बोरा चालम, २ केजी दाल, २ केजी आलु, १ लिटर खाने तेल र १ प्याकेट नुन विरतण गरिएको युवा संघका अध्यक्ष युवराज गुरुङले जानकारी दिए । वडाका ज्यादै विपन्न परिवार, ज्याला मजदुरी गर्ने, सफारी चालक र अपांगलाई राहत दिएको एमाले वडा कमिटीले जनाएको छ । 

wada-10,,,, 2

वडाबासी र युवायुवतीहरुको आर्थिक सहयोगबाट राहत दिइएको पार्टी अध्यक्ष राईले बताए । उनका अनुसार १ लाख १५ हजार बराबरको राहत वितरण गरिएको छ । वडा नं १० को बेलगाछी लाइन, विशाल पथ, देउराली चोक, बुढासुब्बा लाइन, सैनिक भवन लाइन, राँगा चोक, कलेज रोडलगायत चारै दिशामा वितरण गरिएको थियो । यसअघि पहिलो चरणमा वडाका ३३ घर परिवारलाई राहत विरण गरिएको थियो । यस्तै, वडा कमिटी र युवा संघले वडालाई सुरक्षित राख्नको लागि सबै क्षेत्र, घरहरुमा वृहत सेनिटाइज पनि गरेको थियो । पार्टीले आर्थिक स्थिति न्युन भएका, होम आइसोलेसनमा बसेकाहरुलाई निःशुल्क औषधी पनि वितरण गरिरहेको एमाले वडाअध्यक्ष राईले जानकारी दिए । उनले भने,‘हामीलाई हटलाइनमार्फत सम्पर्क गर्नुहुन्छ । हामी सिटामोल, भिटामिन, मास्क, सेनिटाइजर पुर्याईदिन्छौं ।’

wada-10, 4

wada-10,, 5

राहत वितरणमा सहयोग गर्ने दाताहरुको नामावली :

1 1

2 1