धरान: प्रदेश १ सरकार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश गरिने भएको छ । 

आज बिहान करिब ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरेको हो । सोही बैठकले आजै अपराह्न ३ बजे बस्ने प्रदेशसभामा प्रदेश प्रमुखबाट उक्त नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।