धरान: सुनसरीमा आजदेखि खाद्यान्न, तरकारी, दुधडेरी तथा माछामासु पसलहरु खोल्ने समय परिवर्तन भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गतेसम्म निषेधाज्ञाको समय थप गर्दै पसलहरु खोल्ने समय पनि परिवर्तन गरेको हो । बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारी, दुधडेरी तथा माछा मासु पसलहरु खोल्न पाउने प्रशासनले जनाएको छ । ती पसलहरु खोल्दा पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने छ । पसलहरुमा भिडभाड पनि हुन नहुने प्रशासनले जनाएको छ ।

यसैगरि, दुधडेरी तथा दुग्धजन्य पदार्थ, फलफुल तथा तरकारी संकलन तथा ढुवानी निर्वाधरुपले गर्न पाउने प्रशासनले जनाएको छ । तर, सब्जी मण्डी, गुद्री, हाट बजारलगायतका स्थानमा बिक्री वितरण पनि गर्न नपाउने प्रशासनको भनाई छ । पुस्तक तथा स्टेशनरी पसल पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि प्रशासनले बिहान १० बजेदेखि ३ बजेसम्म खाद्यान्न पसलहरु खोल्न दिएको थियो । 

cdo