धरान: कोविड १९ कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पहिलो भन्दा तिब्रगतिमा फैलिएको विज्ञहरुले बताएका छन् । विश्वव्यापी रुपमा दोश्रो लहर सम्म आउँदा रोकथामका लागि खोप बनिसकेकाले विकसीत देशहरुले कोरोना संग सहज रुपमा सामना गर्दैछन् । विज्ञहरुका अनुसार यस्को रोकथामको प्रभावकारी उपाय खोपनै हो । नेपालमा कोरोना विरुद्धको खोप लगाउन शुरु भएतापनि त्यस्को पहुँचमा सबै नेपाली पुग्न सकेका छैनन् ।

संक्रमणको लहर भने रोकिएको छैन् । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दागर्दै कथंकदाचित संक्रमित भैहाले जीवन रक्षाका लागि पौष्टिक खानेकुरानै जीवन रक्षाका लागि निर्णायक विकल्प हो । दोश्रो लहरमा कोरोना संक्रमित भएका धरान–१ का लिखित अग्रवाल भन्छन् ‘कोभिडको संक्रमण हुदा रुचेन भनेर भोकै बस्न नहुने रहेछ, केहि न केहि खाइरहनु पर्ने रहेछ ।’ चिकित्सकहरुको सल्लाह अनुसार पौष्टिक कुरा खाने गरेको अनुभव सुनाउँदै उनले भने ‘प्रत्येक गाँस खाँदा रोगसंग जुध्न मद्धत गरेको गर्दो रहेछ, मलाई चाडै निको हुन्छु भन्ने आत्म विश्वास खानेकुराको गाँसलेनै बढायो ।’

कोविड संक्रमणको प्रभाव बढ्दै जाँदा उनले भने जस्तो खानेकुरा खानु भने त्यती सहज हुन्न । कोरोना संक्रमणबाट भर्खरै मुक्त भएका अर्का युवा धरान–का आकाश भाटी भन्छन् ‘मलाइ लाग्थ्यो म के खाइ रहेको छु रुवालुवावा माटो रु कुनै स्वाद थाहा पाउदिन थिएँ ।’ यसै कारण उनले ५ दिन सम्म खाना खानै सकेनन् । उनले भने ‘खाना रुच्दै रुचेन, सास फेर्न गाह्रो हुन्थ्यो, घरको छतमा गएर बस्थे, निकै कम्जोर भइ सकेको थिए, छैठौ दिन पछि लाग्यो कि अब खाना खाइनभने म रहन्न होला ।’ त्यसपछि भाटीले जवरजस्ती भएपनि थोरै थोरै गर्दै निरन्तर खाना, फलफुल खान थालेपछि अहिले ठिक अवस्थामा आएको बताए । 

पोषणविज्ञ केपी लम्सालका अनुसार मानिसको शरीरमा रोग संग लड्ने क्षमता बढाउने वस्तु नै पोषण हो । पोषणका बारेमा मानिसमा हुने ज्ञान, मनोवृत्ति र ब्यवहारले रोगको उपचारमा ठुलो प्रभाव पार्ने उनी बताउँछन् । भन्छन् ‘विभिन्न अध्यय्नहरु अनुसार औषत ८७ प्रतिशत मानिसलाई के खाने रु के नखाने रु के गर्ने रु र के नगर्ने रुभन्ने कुराको ज्ञान भएको तर केवल १७ प्रतिशत मानिसले मात्र व्यवहारमा उतारेको पाइएको छ ।’

mahalaxmi-corona-sankramit-

धनकुटाको महालक्ष्मी नगरपालिकामा संक्रमितहरुलाई औषधी तथा पोषिलो खानेकुरा वितरण गरिदै । फोटो: फाइल

कोरोना संक्रमण भएपछि खानेकुरा पनि शरिरलाई तागत दिने पोषणयुक्त कुराहरु खानुपर्ने पर्ने अनुभव अर्का संक्रमित धरान–२० का प्रकाश राई सुनाउँछन् । यसअघि यस्तै कुरा सुन्दै आएका उनले आफुमा संक्रमणको लक्षण देखापर्न थालेपछि पौष्टिक खानेकुरामा जोड दिएको बताउँदै भन्छन् ‘एकाएक स्वाद हरायो हतार हतार गरेर छिमेकी बाजेलाई लोकल मह काड्न लगाएर खाएँ, अनिमात्र स्वाद थाहा पाउन थालँें, कमजोर भएको महसुस गर्थे, लोकल कुखुराको झोल, गहत र दालहरुको सुप खुव पिइयो र अहिले ठिकै छु ।’ यस्तै अनुभव संक्रमणबाट मुक्त भएका धरान–२ का मनिराज राई, धरान–१९ की देब्यानी लिम्बू, धरान– ११ का चिरन राई, धरान–१४ का सुदिप घिमिरे र ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले सुनाए ।

पोषणविज्ञ लम्साले भन्छन् ‘पोषणको ज्ञान र व्यवहारमा फरक हुँदा कोभिड १९ मात्र नभएर अन्य रोगहरुको उपचार तथा नियन्त्रणमा समेत गम्भीर असर पुर्‍याउन सक्छ ।’ मानिस जव अत्यन्तै गम्भीर अवस्थामा पुग्छ अनिमात्र उनिहरु संग भएको ज्ञानलाइ व्यवहारमा उतार्ने प्रयास गर्छ । त्यति बेला सम्म ढिला भइसकेको हुन्छ, यस्तो मोवृति मानिसको लागि अत्यन्तै घातक हुने गरेको लम्साल बताउँछन् ।  

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा अहिले सम्म कोभिड १९ को पहिलो र दोश्रो लहरमा १८ करोड मानिस संक्रमित भइसकेका छन् । ३८ लाखभन्दा बढिको मृत्यु भएको छ । नेपालमा अहिले सम्म स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको तथ्याङक अनुसार संक्रमित हुनेको संख्या ६ लाख चौध हजार नाघेको छ । कोरोना बाट ८ हजार पाँच सय जनाको मृत्यु भएको छ । धरानमा पहिलो र दोश्रो लहरबाट ५ हजार ७ सय ८६ जना संक्रमित भएका छन् । ४ सय ६१ जना एक्टिभ संक्रमितहरु अहिले पनि रहेको उपमहानगरपालिका स्वास्थ्य प्रमुख उमेश मेहताले बताए ।  

संक्रमितहरुले कोरोनाबाट मुक्ति पाउनु उनिहरुको व्यक्तिगत कुरा मात्र होइन् । संक्रमित रहे सम्म आफ्नै परिवार तथा समाजका अन्य मानिसमा संक्रमण फैलने जोखिम पनि उनिहरु बाट रहन्छ । पौष्टिक आहारा तथा खानेकुराबाट कोरोना लाई पराजित गर्न सकिने कुरामा भने सबैको ध्यानाकर्ष हुनु जरुरी छ । पोषणविज्ञ मधु थापाका अनुसार अझै पनि धेरै मानिसहरुमा खानाका बारेमा भ्रम रहेको छ । 

उनि भन्छन् ‘कुनै पनि रोगलगाउने तत्वहरु शरीर भित्रप्रवेश गरेपछि त्यसको विरुद्धमा हाम्रो शरीरले तापक्रम बढाउने गर्दछ, जस्लाइ हामीज्वरो भन्छौ र यो लक्षण नभइ शरीरमा केहि गड्बढि छ भन्ने चिन्ह हो ।’ त्यस्तो बेला शरीरलाई उच्च प्रोटिन र क्यालोरीको मात्रा चाहिन्छ । हाम्रो समाजमा भने विरामी भएको बेला प्रोटिन युक्त माछा, मासुहरु खान हुदैन ठुलो भ्रम छ । थापाले भने ‘यस्तो मनोबृतिले गर्दा पनि रोगसंग मानिस पराजित भएका हुन् ।’ 

corona-free

कोरोना संक्रमितको उपचार हाल नेपाल सरकारले सरकारी अस्पताल र कतिपय नीजि अस्पतालको सहकार्यमा निस्शुल्क उपचारको ब्यवस्था गरेको छ । केवल लक्षणहरुको रोकथामा केन्द्रित निशुल्क उपचारले विरामीलाई कोभिड १९ भाइरस मुक्त बनाउँदैन् । कोरोना न्युनिकरणको प्रभावकारी विकल्प भने भ्याक्सिन नै हो । विश्व स्वास्थ्य संगठनका अनुसार हाल सम्म १५ प्रकारका खोपहरु संसारमा प्रयोग भइरहेका छन् । 

सेन्ट्रल डाइग्नोस्टीक एण्ड ल्याब्रोटरी रिसर्च सेन्टरका भाइरोलोजिस्ट डा। बिष्णु प्रसाद उपाध्यायका अनुसार भाइरसको संक्रमणबाट बच्ने  रामवाण भनेको नै खोप हो ।  खोपको माध्यमबाट नै दिर्घकालिन रुपमा समस्या समाधान गर्न सकिन्छ । यद्यपि संसारभर खोप पुर्‍याउन त्यति सहज छैन । नेपाल स्वास्थ्य सेवा विभाग,वाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमका अनुसार नेपालमा हाल सम्म २५ लाख जनाले पहिलो डोज र ७ लाखले मात्र दोश्रो डोजको खोप लगाएका छन् । धरानमा ११ हजार ४ सय छ जनाले पहिलो डोज २ हजार छब्बीस जनाले मात्र दोश्रो डोज खोप लगाएका छन् । 

डा। उपाध्यायका अनुसार कोरोना भाइरसले आफ्नो जिनमा बिभिन्न कारणले परिवर्तन गरि रहन्छ त्यसैले कोभिड १९ बिरुद्ध प्रभावकारी औषधी तथा खोप बनाउन समेत गाह्रो हुन्छ । यस्तो अवस्थामा खाना र व्यबहारमा परिवर्तन गरी भाइरसको बिरुद्धमा रोग संग लड्ने क्षमताको अभिबृद्धि गर्नु पहिलो विकल्प हो । यस्को लागि संक्रमितहरु परिवार तथा आम मानिसको सम्पर्क बाट टाढा रहेर शारिरिक रुपमा स्वास्थ्य लाभ गर्नु अहिलेको अवश्यकता हो ।

khop-manoj-dai

 कोरोनाको दोश्रो लहर फैलिएपछि देशभरका स्थानिय सरकारहरुले संक्रमित लाई अलग राख्न आइसोलेशन स्थापना गरेका छन् । तथापी अधिकांश संक्रमितहरु होम आइसोलेशन भन्दै घरमै बसेको पनि पाइन्छ । धरानमा सकृय संक्रमितको संख्या ४ सय बढी भएपनि   उपमहानगरपालीकाको हरियाली आइसोलेसन सेन्टरमा ९ जना संक्रमितहरु मात्र बसेका छन् । उनीहरुलाई सरकारले जारी गरेको संक्रमितहरुका लागि पोषण सम्बन्धी,अन्तरिम निर्देशिका, २०७७ मापदण्ड अनुसार खानाको व्यवस्था रहेको अनमी दिपकला राईले बताइन् । 

सेन्टरमा बसेका अनिश खड्काले भने ‘हामीलाई बिहान योगा, कसरत गराइन्छ, तालिका अनुसार तातो पानी, गेडा गुडिको सुप, व्रेड, अण्डा, दाल, भात, हरियो सब्जीको तारकारी र हप्तामादुई पटक मासु, चना, चिउरा, मस्म र बेलुका खानाको सुविधा छ ।’ अर्का संक्रमित दिपबहादुर तामाङ र मनिकुमार लिम्बूका अनुसार कोरोना लाग्दा लाग्दा फलफुल खानु हुदैन, चिसो लाग्छ र निमोनिया गराउछ भनिन्थ्यो । तर विज्ञहरु आएर यस्ता कुरा भ्रम भएको बताए । लिम्बुले भने ‘बरु फलफुल झन अनिवार्य खानु पर्ने रहेछ जसले बिभिन्न पोषक तत्वहरु शरिरलाई दिएर रोगबाट बचाउने रहेछ ।’ तर फोहोर र फ्रिजमा राखेको चिसो फलफुल भने खान नहुने उनिहरुले बताए ।

संक्रमितहरुका भनाईका आधारमा अझै पनि कोरोना लाग्दा के खाने र के नखाने भन्ने कुराको ज्ञान हँुदाहँुदै पनि त्यसलाई व्यवहारमा लागु नगर्ने प्रवृत्ति अहिलेको मुख्य समस्या रहेको बुझिन्छ । मानिसको आचरणमा सुधार ल्याउन सुचना संप्रेसण गरेर मात्र नपुग्ने भएकाले सरकारले प्रभावकारी निति ल्याउनु आवश्क छ । खान नपाएर भन्दा पनि खान नजानेर रोगी बढेको अहिलेको नेपाली समाजमा चेतना बढाउन स्वास्थ्यकर्मी झैं पोषण विज्ञहरु लाइ स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न जरुरी भएको कुरामा विज्ञहरुले जोड दिएका छन् । 

(धरान उपमहानगरपालिका–नेपाल पत्रकार महासंघ सुनसरीको लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार गरिएको फिचर)