विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेशमा २७४ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जना छन् । कुल ९६० जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१ जना छन् । झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर्जुनधारा, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जना छ्न ।
यता, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १ जना छन् भने धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ ।