धरान: सुनसरीमा पनि असार १४ गते मध्यरातीसम्म निषेधाज्ञा थप गरिएको छ । 

आज सोमबार मध्यराती १२ बजे निषेधाज्ञाको समय सकिन लागेपछि दिउँसो बसेको डिसिसिएमसि बैठकले असार १४ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा थप गरिए पनि पसलहरुलाई केही खुकुलो गरिएको छ । बिहान ५ बजेदेखि मध्याह्न १२ बजेसम्म सबै पसलहरु खोल्न दिने बैठकले निर्णय गरेको प्रजिअ ढकालले बताए । 

प्रजिअ ढकालले सबै पसलहरु खोल्न पाइने भएपनि होटल रेष्टुरेष्टहरु भने खोल्न नपाइने प्रष्ट पारे । ‘सम्पुर्ण पसलहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५ बजेदेखि १२ बजेसम्म खोल्न पाइन्छ, तर होटल रेष्टुरेष्टहरु भने होम डेलिभरी तथा टेक अवे सेवा मात्र गर्नुपर्नेछ,’प्रजिअ ढकालले भने,‘बिहान खोलिने चिया पसलहरु बन्द गर्नुपर्नेछ ।’ विकास निर्माण कार्यमा निर्माण सामग्री बोक्ने ढुवानीका साधनहरु निर्वाध चल्न पाउने भएपनि अन्य निजी तथा सार्वजनिक सवारीका साधनहरु भने नखुल्ने प्रजिअ ढकालले बताए ।

dccmc