धरान: सुनसरीमा आजदेखि असार १४ गतेसम्म निषेधाज्ञा थप भए पनि केही खुकुलो पारिएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले यो अवधिमा बिहान ५ बजेदेखि १२ बजेसम्म सबै पसल तथा व्यवसायहरु खोल्न अनुमति दिएको छ । तर स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने प्रशासनको भनाई छ । 

सबै पसलहरु खोल्न पाइने भएपनि होटल रेष्टुरेष्टहरुलाई भने होम डेलिभरी तथा टेक अवे सेवा मात्र दिन पाउने निर्णय भएको छ । यसैगरि, विकास निर्माण कार्यमा निर्माण सामग्री बोक्ने ढुवानीका साधनहरु निर्वाध चल्न पाउने भएपनि अन्य निजी तथा सार्वजनिक सवारीका साधनहरुलाई भने सञ्चालनमा रोक लगाइएको छ । यद्यपी, लामो दुरीका सार्वजनिक सवारीसाधनहरु नचले पनि निजी सवारी र भाडाका टेम्पो, सफारीहरु भने चलिरहेकै छ । 

1 42 33 2