इटहरी: आगामी आर्थिक वर्ष २०७८/७९ को लागि इटहरी उपमहानगरपालिकाले २ अर्ब १७ करोड बढीको बजेट ल्याएको छ । 

इटहरी उपमहानगरको बिहिबार नवौं नगर सभामा उपप्रमुख लक्ष्मी गौतमले २ अर्ब १७ करोड ४५ लाख बराबरको अनुमानित बजेट पेश गरेकी हुन् । संघीय सामानिकरण अनुदानबाट  ३३ करोड ६५ लाख, संघीय ससर्त अनुदानबाट ४३ करोड ७० लाख, संघीय समपुरक अनुदानबाट २ करोड २९ लाख, संघीय विशेष अनुदानबाट ३ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदानबाट १ करोड ९९ लाख, प्रदेश ससर्त अनुदानबाट १ करोड ६७ लाख आय हुने इटहरी उपमहानगरले जनाएको छ । 

यस्तै, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाडफाँडबाट १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर)बाट २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशनबाट ३२ करोड, आन्तरिक श्रोतबाट ४१ करोड, मर्मत संभार कोषबाट१ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड, ऋण प्राप्त गर्ने ५ करोड, नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट २९ करोड आय हुने उपप्रमुख गौतमले बताइन् ।

यस्तै, व्ययतर्फ समग्र स्वास्थ्य क्षेत्रका लागि ४ करोड, शिक्षा क्षेत्रको लागि २ करोड, कृषि तथा पशु विकासको लागि २ करोड ५० लाख, सामाजिक विकासमा ३ करोड, वन तथा वातावरण सरसफाईमा १ करोड, उद्योग वाणिज्य र व्यापारको लागि ५ करोड ५८ लाख, नदी नियन्त्रणमा १ करोड ५० लाख, विपद व्यवस्थापनमा ३ करोड विनियोजन गरिएको छ ।   बिनियोजन गरेकी छु । यो रकम चालु आ.व.भन्दा रु. १ करोड ५० लाख वढी विनियोजित भएको छ । 

 उपप्रमुख गौतमले नीति कार्यक्रम र बजेटलाई नेपालको समग्र नीति सम्बन्धित र प्रचलित कानून, दिगो आर्थिक विकासको लक्ष्य र गत विगतका नगरसभाबाट पारित कार्यदिशा र कार्ययोजना तथा प्राथमिकतालाई नै मुख्य आधार बनाइएको पनि बताइन् । पूर्वाधार निर्माणका अतिरिक्त स्वास्थ्य शिक्षा, कृषि पशुविकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायतको अन्य आवश्यक क्षेत्रलाई पनि यथेष्ट ध्यान दिने कोशिस गरिएको उनको भनाई छ । यस्तै, करमा छुट तथा जरिवाना मिनाको पनि व्यवस्था गरिएको छ ।