धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित तल्लो देउरालीमा हेल्थ करिडोर तथा रिङ रोड बनाउन पहल समिति गठन भएको छ। 

स्थानीयबासीहरुको भेलाले माओवादी केन्द्रका नेता फोक्वाहांग सुब्बा (चोत्लुङ)को संयोजकत्वमा २५ सदस्यीय सेउती अधेरी हेल्थ करिडोर पहल समिति गठन गरेको हो । समितिले हाललाई तल्लो देउरालीस्थित सेउती पुल दक्षिण सुन्दरबस्ती हुदै अधेरी खोलामा निर्माणधिन पुलसम्म यु टर्न गरी गरी २ किलोमिटर लम्बाई र २० मिटर चौडाको करिडोर(बाटो) निर्माण गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारमा पहल गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थानीयबासीको माग वमोजिम धरानका मेयर तिलक राईले सेउतीलाई बीचमा च्यानलिंग गर्ने र किनारमा केरिडोर निर्माण गर्ने गरि स्थलगत अवलोकन गरेका थिए भने खोला र वस्तीको भाग सिमांकन पनि गराएका थिए ।

स्थानीयको भेलाले करिडोरको प्रारम्भिक डिपिआर अध्ययनको लागि धरानको स्पेकट्रम इन्जिनियरिङ कन्सल्टेन्सिका प्राबिधिक सुमन श्रेष्ठलाई दिने पनि निर्णय गरेको छ । यसको लागि धरान उपमहानगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बजेटमा एक करोड विनियोजन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । डिपिआर अध्ययनको लागि हिजो बिहिबार नै प्राबिधिकहरु आएका थिए । प्राबिधिकहरुको भनाई अनुसार सुन्दर वस्ति पुछारमा प्याराग्लाइडिङ अवतरण गर्ने उपयुक्त स्थान पनि बनाउन सकिनेछ । उक्त भेला स्थानीयबासी स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा भएको थियो । 

seuti 1