विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । यसैगरि, ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१ जना छन् । यस्तै, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४ जना रहेको मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बा¥हदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको छ भने धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१ जना छन् ।
इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ६६९ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २५६ रहेको छ ।