धरान: प्रदेश १ सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

मन्त्रीपरिषदको आज बसेको बैठकले गरेको निर्णयहरुबारे सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका हुन् । यसबाहेक मन्त्रीपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा ब्यवस्था गर्न बनेको वेधेयकको संसोधित मस्यौदा प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । यसैगरि, प्रदेश नम्बर १ निजी तथा साझेदारी फर्म दर्ता नियमावली २०७८ लाई पनि स्विकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।