धरान: सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै विपक्षी दलहरुले धरानमा दिप प्रज्वलन गरेको छ ।

नेपाली कांग्रेसले धरान १८ स्थित बुद्धचोकमा दिप प्रज्वलन गरेको हो भने नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भानुचोकमा संयुक्तरुपमा दिप प्रज्वलन गरेको हो । विपक्षी गठबन्धनले संयुक्तरुपमा मनाउने तयारी गर्दा गर्दै कतिपय दलहरुको निर्णय ढिलो भएको एकै ठाउँमा संयुक्तरुपमा फैसला स्वागत गर्न नपाएको माओवादी केन्द्रका नेता सुर्दंशन श्रेष्ठले बताए । 

dip3

यता, बुद्धचोकमा आयोजित दिप प्रज्वलनमा कांग्रेस नेता एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी), धरानका मेयर तिलक राईसहित नेता, कार्यकर्ताहरु सहभागी थिए । उनीहरुले सर्वोच्च अदालतको फैसला स्वागत गछौं भन्ने नारा पनि लगाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै दिएको रिट निवेदनमा आज सोमबार संवैधानिक इजलाशले पक्षमा फैसला गरेको थियो । सर्वोच्चले संसद विघटनलाई वदर गर्दै पुनस्थापना गर्ने फैसला गरेको छ भने देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको छ ।

 

dip2

dip1