धरान: सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष प्रकाशन गर्दै आएको क्यालेन्डर यस बर्ष ढिलोगरि सार्वजनिक गरेको छ।  

कोभिडको कारण औपचारिक कार्यक्रम विना मिस पुर्वान्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ । मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिमरन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु, शशी बिशंखेको तस्बिरहरु उक्त क्यालेण्डरमा संग्रहित छन्। 

ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका बिभिन्न पहिरनमा सुन्दरीहरु सजिएका छन् भने फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको छ । यो क्यालेन्डरमा १२ महिनामा १२ वटा मोडलिंग फोटोहरु संग्रहित छन्। 

miss purwanchal4

कोभिडको महामारीले बैशाख महिनाबाट भएको निषेधाज्ञाले गर्दा क्यालेन्डर ढिलो प्रकाशित भएको सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । गत बर्ष पनि कोभिडको महामारीको कारण लकडाउन भएपछि क्यालेन्डर प्रकाशन भएको थिएन । यो बर्ष भने निरन्तरताको लागि भएपनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ।

२०७६ पुष ५ मा आयोजित मिस पुर्वान्चलको दसौं संस्करण पछि कोभिडकै कारणले गत बर्ष पनि प्रतियोगिता आयोजना हुन सकेन । यो बर्ष पनि प्रतियोगिता अनिश्चित नै छ। कोभिडको जोखिम पुर्णरुपमा कम भएर स्थिति सामान्य भए मात्र कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ।  

miss purwanchal

miss purwanchal3

miss purwanchal5

miss purwanchal1

miss purwanchal2