धरानः नेकपा एमाले धरानका एक दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

शनिबार धरान २ स्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस वडा नं. ८ बुथ समितिको संयोजनमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । नव प्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेस धरानका नगर सभापति एवं मेयर तिलक राई, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस सुनसरी जिल्लाका सचिव सुजेन्द्र गोले तामाङ, कांग्रेस महासमिति सदस्य पर्वत राई लगायत नेताहरुले स्वागत गरेका थिए । 

नेताहरुले कांग्रेसले सधै हौसला हुने काम मात्र गर्ने बताए । उनीहरुले नवप्रवेशीहरुलाई कुनै दिन पनि कांग्रेस प्रवेश गरेकोमा पश्चताप हुन नदिने आश्वासन पनि दिए । नव प्रवेशीहरु कमला राई, रुपा भूजेल, एलिशा तामाङ, तारा राई, देवी मंग्राती, सिता मंग्राती, रेनु विश्वकर्मा, सुमित्रा तामाङ, रिना गुरुङ, प्रेम राई र अनुश राईले पार्टी प्रवेश गरेको कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए।