धरान: धरानमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाई गरेको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १९ गतेसम्म निषेधज्ञा थप गर्दै धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तै, अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । धरानमा संक्रमण दर अत्यधिक भएको कारण यो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनले भने, 'धरानमा संक्रमण बढी भयो । यो व्यवस्था गर्दा पनि भएन भने अझै कडा गर्नुपर्छ कि जस्तो छ ।'

प्रशासनले जिल्लाभर भने साउन १९ गतेसम्मको लागि निषेधाज्ञा थपेको छ । साउन ११ गते मध्यरातीदेखि १९ गते मध्यरातीसम्म खुकुलो निषेधाज्ञा थपेको हो । धरान बाहेकका स्थानीय तहहरुमा भने खाद्यान्न, तरकारी, फलफुल, डेरी, मासुजन्यलगायत पसलहरु दिनैभरि खोल्न पाइनेछ भने डिपोर्टमेन्ट स्टोर र अन्य पसलहरु बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न छुट दिएको छ । 

nisednised1