धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये धरानमा ११४ जना छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ जनामा संक्रमण देखिएको हो भने १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बाह्रदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारीमा १ जना छन् । यस्तै, मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ४ जना छन् ।
यता, सुनसरीको धरानमा ११४, इटहरीमा ५८, इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २, गढी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् । धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा ५–५, छथरमा ३, चौवीसेमा १ र स्थानीय तह नखुलेका २ जना छन् । पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १–१, उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, बेलका र चौदण्डीगढीमा १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, तेह्रथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।