धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट एक टोली आएको छ । 

अख्तियारको टोलीको नेतृत्व गरेका छन्, एसएसपी टेकबहादुर तामाङ । एसएसपी तामाङको टोलीले अहिले पनि प्रतिष्ठानको आवश्यक कागजपत्रहरु माग गर्ने, स्थलगत अध्ययन गर्ने कार्य गरिरहेको छ । टोलीले प्रतिष्ठानको सिटि स्क्यानको अवस्थाको पनि स्थलगत अवलोकन गरेको छ । केही बेरअघि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै एसएसपी तामाङले केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयमा परेको उजुरीबारे छानबिन गर्न टोली आएको बताए ।

bp akhtiyar5

उनले छानबिनको क्रममा आवश्यक पर्ने कागजपत्र नियन्त्रणमा लिने वा सिल गर्नुपर्ने भए त्यो पनि गर्ने प्रतिक्रिया दिए । खरिद र निर्माणबारे उजुरी परेको खुलाउदै एसएसपी तामाङले छानबिन र अध्ययनको लागि अझै केही दिन अख्तियारको टोली धरानमै रहनसक्ने पनि संकेत गरे । ‘उजुरीको छानबिन गर्न आएका हौं, भर्खर छानबिन शुरु भएको छ,’उनले भने,‘केही अध्ययन गछौं, केही लिएर जान्छौं । केही दिन समय लाग्नसक्छ,’उनले भने । 


bp akhtiyar2

bp akhtiyar3

bp akhtiyar4