धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले उपकुलपति, रेक्टर र रजिष्ट्रारले राजिनामा दिएर निकास दिन आग्रह गरेका छन् ।

अस्पताल निर्देशक डा.साहले आज एक विज्ञप्ती जारी गर्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरुप्रसाद खनाल र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिएर संस्थालाई निकास दिनुपर्ने बताएका हुन् ।  उनले नयाँ नेतृत्व स्थापित गर्न नेपाल सरकारलाई सदैव सहयोग गर्न आफु तयार रहेको पनि बताएका छन् । साहले प्रतिष्ठानको सम्पुर्ण अधिकार केन्द्रीत गरेर बसेका र आफ्नो नियुक्तीको भोलीपल्टदेखि नै शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने, आचारसंहिता विपरीत गोपनीयता भंग गरि एकले अर्कोलाई हानी गर्ने गरेको आरोप पनि लगाएका छन् । 

अस्पताल निर्देशकले भनेका छन्, चाहे पुर्णउपकुलपतिकोरुपमा वा कार्यवाहक उपकुलपति वा रजिष्ट्रारकोरुपमा असिमित अधिकार एकलरुपमा प्रयोग गरि विवादास्पद निर्णयहरु गरेर प्रतिष्ठानको वदनाम गर्ने म भन्दा माथिल्लो तीन जना पदाधिकारीहरुले तत्काल राजिनामा दिई प्रतिष्ठानलाई निकास दिनुपर्छ, र यसले मात्र प्रतिष्ठानमा नयाँ सोच र नयाँ नेतृत्वको स्थापना गरि प्रतिष्ठानको साख पुरानै अवस्थामा उठाउन सकिन्छ भन्ने मेरो धारणा रहेको छ । 

bpkihs-shahbpkihs-shah1