धरान: धरानमा कोरोना संक्रमणको चेन ब्रेक गर्नको लागि १० दिन पुर्ण एवं कडा लकडाउन गरिने भएको छ । 

आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चेक ब्रेक गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले भदौ ३ गतेसम्म तयारी गर्ने र ४ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ । बैठकको यो निर्णयलाई भोली मंगलबार धरानको नगर कार्यपालिका बैठकमा प्रस्तुत गरेर अनुमोदन गरेपछि मात्र जिल्ला प्रशासनमा पठाइनेछ, र जिल्ला प्रशासनले धरानमा लकडाउनको निर्णय गर्नेछ ।

 

बैठकले ३ गतेसम्म सर्वसाधारणहरुलाई आवश्यक पर्ने सामान तथा खाद्यान्नहरु जोहो गर्न समय दिने र सुचित गर्ने पनि जनाएको छ । बैकठमा मेयर तिलक राईले पुर्ण लकडाउन गर्न आफुहरुको बाध्यता भएको बताएका थिए । अप्रिय निर्णय भएपनि चेन ब्रेक गर्न यो भन्दा अन्य उचित उपाय नभएको भन्दै उनले सवैलाई सहयोगको लागि आग्रह गरेका थिए । प्रजिअ ढकालले स्थानीय तह, सरोकारवालाहरुको राय, सुझावको आधारमा निर्णय गरिने बताए । बैठकमा राजनीतिक दल, मजदु र उद्योगी, व्यवसायीहरुले पनि धारणा राखेका थिए ।

 

meeting2

meeting3