धरान: जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले सुनसरीमा ७ दिनको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

सोमबार धरान उपमहानगरपालिकामा डिसिसिएमसि अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भदौ १ गते मंगलबारदेखि ७ गते सोमबार राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता गर्ने निर्णय गरेको हो । पछिल्लो समयमा जिल्लामा संक्रमण दर र मृत्यु दरमा पुनः वृद्धि हुँदै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने बैठकले निर्णय गरेको हो । 

सोही बैठकले धरान र इटहरी उपमहानगरपालिकाको हकमा भने जुनसुकै बेला पनि थप आदेश हुनसक्ने निर्णय पनि गरेको  छ । धरान र इटहरीमा जिल्लाकै सबैभन्दा बढी संक्रमण दर भएको र दुवै स्थानीय तहको कार्यपालिकाले निर्णय गरेर सिफारिश गरेपछि कडा तथ पुर्ण लकडाउन गर्ने समझदारी भएको छ । सोमबार (आज) धरानमा बसेको सर्वदलीय तथा सर्वपक्षीय वैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्णलकडाउन गर्न सिफारिश गर्ने निर्णय गरेको थियो । उक्त सिफारिशबारे भोली मंगलबार कार्यपालिका बैठकले थप निर्णय गरेपछि डिसिसिएमसिले लकडाउन गर्ने निर्णय गर्नेछ । 

cdo-notice