धरान: भोलीदेखि हुने भनिएको पुर्ण लकडाउन कार्यान्वयनमा आशंका बढेको छ । लकडाउन अवज्ञा हुनसक्ने भएपछि धरान उपमहागनरपालिकाले सुनसरी उद्योग वाणिज्य संघ र वस्तुगत व्यापारीहरुसँग आज दिउँसो छलफल गरेको छ ।

धरानमा भदौ ४ गतेदेखि पुर्ण लकडाउन गर्ने निर्णय जिल्लास्थित डिसिसिएमसिले गरिसकेको छ । धरानको नगर कार्यपालिकाको सिफारिशमा भदौ ४ देखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गरेको थियो । तर, कार्यपालिका र डिसिसिएमसिको निर्णयप्रति धरानका व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । उनीहरुले सबैतिर पुर्णरुपमा बन्द नभए भानुचोक, छाताचोक, पुरानो बजार मात्र बन्द हुने लकडाउन अवज्ञा गर्ने चेतावनी दिइरहेका छन् । यस्तै, हिजो धरानमा लकडाउनको विरोधमा प्रर्दशनसमेत भएको थियो ।

चौतर्फी दबाबमा परेको उपमहानगरपालिकाले बिहिबार छलफल गर्दै उद्योगी, व्यवसायीहरुको राय बुझेको हो । मेयर तिलक राईले विना तयारी नभै छलफल गरेर नै लकडाउनको निर्णय भएको प्रष्ट्याउदै लकडाउनबारे पुनः राजनीतिक दल, प्रहरी, प्रशासनसँग समिक्षा बैठक गर्ने बताए । उनले लकडाउनको विकल्प खोज्ने सबैको सहमति भएमा विकल्पबारे पनि सोच्ने बताए ।

भिडियो:

   

वस्तुगत संघहरुकोतर्फबाट समन्वयकर्ता रामस्वरुप शर्माले लकडाउन तयारी विना गरिएको र लकडाउन हुनु हुदैन भन्ने निष्कर्ष निस्किएको कारण उपमहानगरपालिकालाई लकडाउन नगर्न आग्रह गरिएको बताए । उनले सबै निकाय जुटेर जनचेतना र जरिवाना गरेर सचेतना गराएन थाले लकडाउन गर्नु नपर्ने धारणा राखेको बताए । साथै, एन्टिजेन पनि सँगै गर्नुपर्ने भन्दै उनले त्यसो गर्दा पनि संक्रमण दर कम नभए मात्र लकडाउनको विकल्पमा जान आग्रह गरिएको बताए ।

सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले उद्योगी, व्यवसायीहरुले अवज्ञा गर्ने भनिरहेको कारण छलफल कार्यक्रम गरिएको बताए । व्यवसायीहरुले अहिलेको परिस्थितिमा लकडाउन नगरौं भन्ने सुझाव दिएको पनि उनल जानकारी दिए । उनले परीक्षा परेको, चाडपर्व परेको र अवज्ञा गर्ने भएको कारण देखाउदै लकडाउनको निर्णय संशोधन गर्न सकिने बताए ।

राजनीतिक दल, सुरक्षा निकायसहित छलफल हुदै

meeting

उद्योगी, व्यवसायीहरुसँग छलफल गरेपछि उपमहानगरपालिकाले राजनीतिक दल, सुरक्षा निकायहरुसँग लकडाउनबारे छलफल राखेको छ । उपमहानगरपालिकाको हलमा अहिले लकडाउन के गर्ने भनेर छलफल भइरहेको छ । कार्यपालिका र डिसिसिएमसि बैठकले लकडाउन गर्ने निर्णय भइसकेको हुनाले फिर्ता हुने अवस्था छैन, तर व्यापारी व्यवसायीहरुले अवज्ञा गर्नसक्ने खतरा भएकोले केही परिमार्जन गर्दै स्मार्ट लकडाउनको अवधारणामा जाने कि भन्ने विकल्पमा पनि छलफल गरिनेछ । 

भिडियो: