धरान:  धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो ।

अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म पर्नुहुनेछ । स्थानीयबासी, २ नम्बर वडा कार्यालयको पहल तथा लागतमा त्यहाँ आकर्षक पार्क बनेको छ । जीर्ण भएको सडकलाई आरसिसि ढलान गरि नयाँ बनाइएको छ । घण्टाघरको वालमा धरानको इतिहास झल्काउने पुरानो तस्बिरहरु टाँगिएको छ । अहिले उक्त सडक पेटीमा भिडभाड त हुन्छ, तर सवारीसाधन र व्यापारीको होइन । आकर्षक पार्क बनेपछि त्यहाँ सुस्ताउने र सेल्फी खिच्नेहरुको भिड हुन्छ । भानु पार्क नामकरण भएको उक्त पार्क र नवनिर्मित घण्टाघर सडकको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । 

bhanu14

कार्यक्रमका प्रमुख अतिथि एवं २ नम्बर वडाका अध्यक्ष माधव गोविन्द श्रेष्ठ र बिशेष अतिथि एवं धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले रिबन काटेर उद्घाटन गरेका थिए । भानुपार्क एवं घण्टाघर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश राईका अनुसार कुल २० लाख ७९ हजार ५०५ रुपैया लागतमा पार्क तथा सडक निर्माण भएको छ । उक्त रकममध्ये १० लाख ८१ हजार ५०५ रुपैया उपभोक्ताहरुको लगानी रहेको छ । अध्यक्ष राईले सहयोगीहरुलाई धन्यवाद पनि दिए ।

भिडियो:

    उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयबासीले चाहेमा समाज र ठाउँलाई परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत भएको बताए । उनले पनि सबैको साथ सहयोगले सेल्फी रोड बनेको भन्दै अब संरक्षण गर्न पनि चासो दिन आग्रह गरे । वडाअध्यक्ष माधवगोविन्द श्रेष्ठले आफुहरु निवार्चित भएर आएपछि सडक निर्माण, पार्क निर्माणमा केन्द्रीत भएर धरानको मुख्य बजार क्षेत्रको सौन्र्दयीकरण गर्न लागेको बताए । उनले भानुचोक क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन लागिपर्ने पनि बताए । 

bhanu2

bhanu6

bhanu13

bhanu9

bhanu10

bhanu11

bhanu15

bhanu12

bhanu8

bhanu7

bhanu5

भिडियो: