धरान: कोभिड १९ विरुद्धको भेरो सेल खोपको पहिलो मात्रा लगाइसकेकाहरुको लागि दोस्रो मात्रा आज र भोली धरानमा लगाइदैछ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज १० वटा वडामा खोप कार्यक्रम शुरु भइसकेको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज वडा नं १ देखि १० सम्म मात्र भेरो सेलको दोस्रो मात्रा लगाइनेछ । बाँकी वडाहरु ११ देखि २० सम्मलाई भोली लगाइनेछ । उनले भने, आज खोप लगाउन शुरु भइसकेको छ । वडा १ देखि १० सम्म आज र बाँकी वडामा भोली खोप लगाइन्छ । धरानमा भेरो सेलको दोस्रो मात्रा लगाउनुपर्ने संख्या कुल १५ हजार ३११ रहेको पनि मेहताले जानकारी दिए ।
६ हजार बढीले लगाए एस्ट्राजेनेका खोप
कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुमध्ये धरानमा २ दिनमा ६ हजार बढीले दोस्रो मात्रा पनि लगाएका छन् । स्वास्थ्य महाशाखाका अनुसार ६ हजार ४३२ जनाले दुई दिनमा एस्ट्राजेनेका खोप लगाएका हुन् । पहिलो दिन २६५७ जनाले खोप लगाए भने दोस्रो दिन हिजो सोमबार ३७७५ जनाले खोप लगाएको स्वास्थ्य महाशाखाले जनाएको छ । गत फागुन २३ गते यता कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा एस्ट्राजेनेका लगाइएको हो ।
आजको तालिका र खोप केन्द्र
भोलीको तालिका र खोप केन्द्र