धरान: प्रदेश नं १ सरकारको मन्त्रीपरिषद विस्तार भएको छ । 

मुख्यमन्त्री भीम आचार्यले २ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (९) वमोजिम मन्त्रीपरिषद हेरफेर तथा कार्यविभाजन गरेको मुख्यमन्त्री आचार्यले जनाएका छन् । योसँगै मन्त्रीपरिषद संख्या ८ पुगेको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासी र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराइसकेका छन् ।

pradesh-1

संखुवासभाका सांसद तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री भएका छन् भने झापाका सांसद हिराकुमार थापा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । यस्तै, सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री भएका छन् भने मोरङका ज्ञानेश्वर राजवंशी भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री भएका छन् । यस्तै, मोरङकै सांसद लिलवल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् ।

यसअघि, मुख्यमन्त्री आचार्यले तेह्रथुमका सांसद लक्षुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए भने सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङलाई नियुक्त गरेका थिए । उनीहरु भदौ ११ गते मन्त्रीमा नियुक्त भएका थिए ।