धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । 

मुख्यमन्त्री शेरधन राईले पदबाट राजिनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले मुख्यमन्त्री पदको सपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले आचार्यलाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् ।

एमाले विभाज भएपछि एमालेको सरकार जोगाउन संसदीय दलको बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिएका थिए । उक्त बैठकले आचार्यलाई दलको नेता चयन गर्दे मुख्यमन्त्रीमा बनाउने निर्णय गरेको थियो । सोही निर्णय पछि राईले पदबाट राजिनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो ।