नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत अधिकांश जिल्लाहरुको वडा अधिवेन सम्पन्न भएर क्षेत्रीय प्रतिनिधिहरु छनौट भइसकेको छ । अब असोज ९ गते नगर अधिवेशन हुदैछ । उदयपुर जिल्लाको बेलका नगरपालिकामा पनि कांग्रेस नेता, कार्यकर्ताहरुलाई महाधिवेशनको दौडधुप छ । यहाँ कांग्रेसको संस्थापन पक्षबाट नगर सभापतिमा अशोक कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । कार्की भोजपुरमा रहदा नै २०४२ सालदेखि कांग्रेसमा सक्रियतापुर्वक लागेका थिए । बेलका नगरपालिका १ आमबासी स्थायी घर भएका कार्की व्यवसायिकरुपमा माछापालन पनि गर्छन् । उदयपुर जिल्लालाई नै माछा जोन बनाउन लागिपरेका कार्की २०७४ सालको स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी पनि थिए । बेलका कांग्रेसको नगर सभापतिका उम्मेदवार उनै काकीसँग क्लिकधरानले गरेको संक्षिप्त कुराकानीलाई प्रस्तुत गरेका छौ:

ashok-karki1

बेलका नगरमा कांग्रेस सभापति उम्मेदवार हुनुहुन्छ ? एक्लै हुनुहन्छ कि तपाईको टिम छ ?

उत्तर: कांग्रेसको १४ औं महाधिवेशन हुन गइरहेको छ, वडास्तरको अधिवेशन सकिएको छ । असोज ९ गते हुन गइरहेको नगर सभापतिको उम्मेदवारमा टिमको प्यानलै घोषणा गरेका छौ । मतादाताहरुसँग अपिल पनि गरिसकेका छौ । हाम्रो दक्षता, काम गर्ने शैली र उहाँहरुसँग लामो समयको संगतले गर्दा पनि उहाँहरुको मनमस्तिष्कमा बस्न सफल छौ भन्ने लागेको छ । 

तपाईको प्यानलमा को को हुनुहुन्छ ?

उत्तर: हामीसँग कांग्रेसमा पछिल्लो संशोधित विधान अनुसार नगर सभापति म, दुई उपभासपतिमा राजेन्द्र तामाङ र गोपाल माझी, दुई सचिवमा माया ओली र प्रकाश चौधरी, दुई सहसचिवमा देवेन्द्र राई र सन्तोष थापा हुनुहुन्छ । 

तपाईको प्यानलको सम्भावना के छ ?

उत्तर: चुनाव त सबैले जित्छु नै भन्छ । मेरो अभ्यासमा लगभग १४७ प्रतितिनिध साथीहरु हुनुन्छ । हामीले लामो समय काम गरेका छौ । अशोक कार्की हिजो स्थानीय चुनावमा मेयरमा उठ्दै गर्दा अत्यन्त वलिदानीका साथ उठ्नुभएका साथीहरु हुनुहुन्छ । हामी केही प्राविधिक कारणले हारेको कारणले र त्यो स्थानीय चुनावको लागि पनि मध्यनजर राखेर पार्टीको संगठन अशोक कार्कीले गर्नसक्छ भन्ने विश्वास उहाँहरुसँग लिएको छुँ । जसले गर्दा भोली जो आए पनि स्थानीय चुनावमा जित्नसक्छ, त्यो संगठन अशोक कार्की र प्यानलले गर्नसक्छ भन्ने विश्वास हाम्रो क्षेत्रीय प्रतिनिधि साथीहरुसँग छ, हामीले त्यो विश्वास लिएका छौं ।

तपाईको र प्यानलको मुख्य एजेण्डा के हो ?

उत्तर: पहिलो कुरा त पार्टी संस्थागत हुनुपर्यो । पार्टीलाई संस्थागत लैजान सक्नुपर्यो । कार्यकर्तालाई उच्च मुल्यांकन गर्नुपर्यो । अहिले भइरुहेका स्थानीय सरकारले गरेको ज्यादती र भ्रष्टचारविरुद्ध बुलन्द आवाज उठाउन सक्नुपर्यो । कांग्रेसका एकखालका इमान्दार कार्यकर्ताहरु छन्, उहाँहरुको सम्मान गर्नुपर्यो, र नयाँ युवा साथीहरुलाई समेटेर लैजानुपर्यो । यति काम गर्न सक्यो भने कांग्रेस अब आउने दिनमा संगठित भएर जान्छ । 

तपाईको जो प्रतिस्पर्धी हुनुहुन्छ, उहाँले अहिले तपाईले भनेका कामहरु गर्न सक्नुहुन्न ?

उत्तर: कांग्रेसमा हिजो पनि एक साथीहरुले गरिरहनु भएको थियो, उहाँले पनि गर्छु भन्नु स्वभाविक हो । तर, त्यो विश्वास कार्यकर्तामा हुनुपर्यो नि । म पनि भन्छु, उहाँले पनि भन्नुभएको छ । हाम्रो आन्तरिक लडाई हो । बेलकाको कांग्रेसको संगठनमा यतिखेरको माग अशोक कार्कीको टिम भन्ने कार्यकर्तामा सन्देश पुगेको छ । उहाँ साथीहरु पनि कमजोर ठान्दैनौ, तर उहाँहरुभन्दा लामो अनुभव मसँग छ । उहाँहरुले नै भनिसक्नुभएको छ, दाई यहाँ नउठ्नुस् केन्द्रीयलेभलमा जानुस् भन्दै गर्दा म कांग्रेसलाई जरैबाट बलियो पार्न चाहेको हो ।

ashok2

तपाई स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार हुनु भएको थियो, अबको तपाईको लक्ष्य पनि सभापतिमा जितेर स्थानीय सरकारको नेतृत्वमा पनि जाने हो ?

उत्तर: बेलकामा नेपाली कांग्रेसमय संगठन बनाउने हो । त्यहाँ अशोक कार्की नै अपरिहार्य होइन । समयको माग रह्यो, कार्यकर्ता र आम साथीहरुले तपाई भन्नुभयो भने म पछि हट्दीन । होइन, म भन्दा कोही साथी सक्रिय हुनुहुन्छ, जनपक्षीय हुनुहुन्छ र मेयर जित्नसक्ने, टिमलाई जिताउन सक्ने कोही आएपनि भयो । मेरो पहिलो उद्देश्य संगठन नै हो । 

तपाईले कांग्रेसको नेतृत्व गर्दैगर्दा पार्टीका क्रियाशिल सदस्य, शुभेच्छुक र बेलका नगरबासीले के नयाँ कुरा पाउछन् ? 

उत्तर: तपाईले राम्रो प्रश्न गर्नुभयो । नेपाली कांग्रेस अहिलेसम्म हेर्दा केन्द्र, जिल्ला, क्षेत्र र नगरमै पनि पार्टी कहिल्यै संस्थागत हुनै सकेन, कार्यकर्ताको उच्च मुल्यांकन हुनैसकेन, र कांग्रेसले अवलम्बन गरेको बाटो, वीपीले देखाएको मार्ग समाजवादी सिद्धान्त छ, त्यो हामीले गर्न सकेनौ । कार्यकर्ता र नेताबीच ठुलो खाडल छ, फरक छ, त्यो समान हुनुपर्छ । कार्यकर्तालाई उच्च सम्मान गर्नुपर्छ, मुल्यांकन गर्नसक्नुपर्छ, त्यो कुरा अभाव देखेको छुँ मैले । अशोक कार्कीले त्यो कुरा पुर्ति गर्छ ।

बेलका कांग्रेसमा अशोक कार्कीको अर्को विकल्प नभएकै हो त ?

उत्तर: होइन, अशोक कार्कीले छोडेर बाहिर जादैन । जस्ले जित्छ म साथ दिन्छु । यसरी जानुस् भनेर सिकाउने हो, सल्लाह दिने हो । सकिन्छ, म आफैले गर्ने हो । तर, अरु आउने सम्भावना त देख्दिन । अर्को साथी आउनु भएछ भने उचित राय, सल्लाहका साथ काम गर्ने हो ।

तर, पार्टीमा जब गुटबन्दी हुन्छ, पार्टीलाई नै कमजोर बनाइरहेको देखिन्छ नि ?

उत्तर: प्रजातन्त्रमा, लोकतन्त्रमा गुट भनेको राम्रो नराम्रोको लागि मात्र हो, तर यो कता गइरहेको छ भने हाम्रो तिर गइरहेको छ । राम्रोको लागि गुट हुनु राम्रो हो, तर हाम्रोको लागि गुट हुनु गलत हो । म त्यसको विरोधमा छुँ । 

अहिले तपाईहरुको २ वटा प्यानल भनेपछि बेलकामा पनि २ वटा गुट देखियो त 

उत्तर: २, ३ वटा हुनसक्छ । अर्को स्वतन्त्र पनि हुनसक्छ । राम्रोको लागि जो भए पनि हुन्छ ।