धरान: पोखरामा गएको बैशाखदेखि सञ्चालनमा आएको बञ्जी नेपाल एडभेञ्चर्सले धरान र पुर्वका साहसिक खेलका पारखीहरुलाई निम्तो गरेको छ । 

बञ्जी नेपाल एडभेञ्चर्स प्रालिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै लेकसाइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको पोखरा १७ स्थित रातो पैरोमा नयाँ बञ्जी सञ्चालनमा रहेको जानकारी दिएको हो । प्रालिका अध्यक्ष सन्तोष भटट्राईले धरान पनि साहसिक खेलका पारखीहरुको सहर भएकोले बञ्जीको अनुभव लिन पोखरा आउन निम्तो दिए । उनले पुर्वका अन्य सहरका साहसिक खेलका पारखीहरुलाई पनि पोखरा घुम्न आउदा बञ्जी गर्न चुले निम्तो दिएका छन् ।

bungy2

उनका अनुसार पोखराको नयाँ बञ्जी ८ करोड २५ लाख लगानीमा सञ्चालनमा आएको हो । क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जी जम्पको लागि ५५ मिटरको लामो प्लेटफर्म पनि निर्माण गरिएको अध्यक्ष भटट्राईले जानकारी दिए । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखलालाई हेर्दै जम्न गर्न पाइने प्रालिको भनाई छ । बञ्जीको २ वट प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा रहेको छ । दुई फरक उचाईमा जम्प गर्ने नेपालको यो पहिलो जम्म साइट पनि भएको प्रालिको भनाई छ । साधारण बञ्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइन्छ । 

bungy1

यो बञ्जी अन्तराष्ट्रियस्तरमा लोकप्रिय नाम गो बञ्जीसँगको फ्रेन्चाइज हो । गो बञ्जीकै प्राविधिक सहयोगमा आइएसओ स्टाण्डर्ड अनुसार निर्माण गरिएको छ । बञ्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालकै हिलो पटक टावर क्लाइबिङ पनि शुरु गरिएको प्रालि अध्यक्ष भट्टराईले जानकारी दिए । 

लगानीकर्ता भए धरानमा सहयोग गर्न तयार

प्रालिका अध्यक्ष भट्टराईले पोखरा र धरानलाई साहसिक खेल बञ्जीको माध्यमबाट जोड्न आफुहरु धरान आएको बताए । उनले धरानको सम्भाव्यता हेरेर स्थानीय लगानीकर्ता तयार भए आफुहरु प्राविधिकरुपमा सहयोग गर्न तयार रहेको पनि बताए । धरान, भेडेटार हुदै धनकुटासम्म पुग्दा बञ्जीको लागि सम्भावना भएको ठाउँ आफुले देखेको पनि उनले बताए । ‘यहीको लगानीकर्ता हुनुपर्छ, सहयोग गर्न हामी तयार छौं,’उनले भने ।