धरानः धरान ८ स्थित देव मोटर्स होण्डा शोरुममा जारी एक्सचेन्ज महोत्सव असोज २६ गते फुलपातीको दिनसम्म हुने भएको छ ।

बडा दशैँको अवसर पारेर असोज १५ गतेदेखि सञ्चालित महोत्सव ग्राहकहरूको अत्यधिक मागको कारण २ दिन थप भएको मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी दिए ।  ‘ग्राहकहरूले फुलपातीका दिन साइत हेरेर समेत दुई पाङ्ग्रे सवारी खरिद गर्ने भएकाले सुविधाको लागी महोत्सवको समय थप गरिएको हो,’ उनले भने, ‘ग्राहकहरूको अत्याधिक माग र सवारी खरिद गर्नेहरूको चाप समेत बढीरहेको छ । महोत्सवको नवौ दिनसम्म आइपुग्दा हामीले सय भन्दा बढी सवारी बिक्री गरीसकेका छौ ।’

होण्डाको दुई पाङ्ग्रे सवारीको लो मेन्टनेन्स, बलियो इन्जिन, उत्कृष्ट माइलेज, उत्कृष्ट इन्जनियरिङ भएको कारण चलाउँदा आराम र रिसेल भ्यालु समेत उत्कृष्ट रहेकोले गर्दा ग्राहकहरू सन्तुष्ट रहेको कुँवरले बताए ।